आयुर्वेद शिक्षा र चिकित्सालाई समयसापेक्ष विकास र विस्तार गरि देशव्यापी बनाउने उद्देश्यकासाथ त्रिभुवन विश्वविद्यालय , चिकित्सा शास्त्र अध्यन संस्थान अन्तर्गत यसआयुर्वेद क्याम्पसको समायोजन बि. स.2029 सालमा भयो ।2031सालदेखि प्रमाणपत्र तह (आयुर्वेद तथा समान्य चिकित्सा विशारदा)को पठनपाठन सुरु भै आज स्नातक ( BAMS),स्नातकोत्तर(MD)तहसम्मको पठनपाठन भैरहदा छात्र छात्राहरूको लागि आफ्नै छात्रावास न हुँदा अत्यन्तै कष्ट भैरहेकोमा आज मिति 2082/08/23गते मंगलवारका दिन आफ्नै प्राङ्गणमा छात्राहरूको लागि छात्रा छात्रावास भवनको क्याम्पस प्रमुख डा शिव मंगल प्रसाद ज्यु द्वारा शिलान्यास कार्य सुसमपन्न भयो ।



