आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालको ३६औँ संचालक समिति बैठक सम्पन्न

आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालको ३६औँ संचालक समिति बैठक सम्पन्न

2026-05-27

आयुर्वेद क्याम्पस तथा शिक्षण अस्पतालको ३६औँ संचालक समिति बैठक प्राध्यापक डा. देव बहादुर रोका ज्युको अध्यक्षतामा  आज सम्पन्न भयो। बैठकमा क्याम्पस तथा शिक्षण अस्पताल दुवैतर्फका आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू प्रस्तुत गरी विस्तृत छलफल गरियो।

क्याम्पसतर्फ नीति तथा कार्यक्रम प्रस्तुति

क्याम्पस प्रमुख सहप्राध्यापक डा. शिव मंगल प्रसाद ज्यु ले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू विस्तृत रूपमा संचालक समिति समक्ष प्रस्तुत गर्नुभयो। शैक्षिक गुणस्तर अभिवृद्धि, पाठ्यक्रम सुधार तथा विद्यार्थी सेवा विस्तारसम्बन्धी योजनाहरूबारे समितिका सदस्यहरूबीच विस्तृत छलफल भयो।

शिक्षण अस्पतालतर्फ नीति तथा कार्यक्रम प्रस्तुति

शिक्षण अस्पतालतर्फ सहप्राध्यापक डा. बिनोद कुमार सिंह ज्युले अस्पतालको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमहरू समिति समक्ष प्रस्तुत गर्नुभयो। अस्पतालको स्वास्थ्य सेवा विस्तार, आयुर्वेदिक उपचार सुविधा सुदृढीकरण तथा बिरामी सेवा सुधारसम्बन्धी योजनाहरू प्रस्तुतीकरणमा समेटिएका थिए।

बजेट प्रस्तुति

बैठकमा लेखा प्रमुख श्री सुबिन्द्र महर्जन ज्यु  ले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभयो। उहाँले आय–व्ययको विस्तृत विवरण तथा वित्तीय योजना समिति समक्ष राख्नुभयो।

बैठकको अन्त्यमा अध्यक्ष प्रा. डा. देव बहादुर रोकाले क्याम्पस तथा शिक्षण अस्पताल दुवैका प्रस्तुत नीति तथा कार्यक्रमहरूको सकारात्मक समीक्षा गर्नुभयो। उहाँले भन्नुभयो — "क्याम्पस तथा शिक्षण अस्पताल दुवैको दिगो विकास र गुणस्तरीय सेवाका लागि प्रस्तुत कार्यक्रमहरू सार्थक छन्। सबै सरोकारवाला निकायहरूको सहकार्यमा यी योजनाहरू सफलतापूर्वक कार्यान्वयन होऊन्।" त्यसपश्चात् उहाँले सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्दै बैठक औपचारिक रूपमा समापन गर्नुभयो।