त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा मिति २०७९।१०।१९ गतेका दिन क्याम्पस विद्यार्थी कल्याण प्रमुख जस्तो गरिमामय पदमा आयुर्वेद क्याम्पस, रचना शरीर विभागका विभागिय प्रमुख उप प्राध्यापक श्री भरत पाठकज्यू नियुक्त हुनु भइ आज मिति २०७९।१०।२० गतेका दिन पदभार ग्रहण पश्चात क्याम्पस प्रमुखज्यूको अध्यक्षतामा आयोजित सभामा उपस्थित विभागिय प्रमुखहरू, प्राध्यापकहरू, प्रशासनिक, लेखा, शैक्षिक, पुस्तकालय प्रमुखहरू र कर्मचारीहरूद्वारा वहालाइ बधाइ एवं शुभकामना प्रदान गरियो ।