त्रि.वि. रजिष्ट्रारको कार्यालय, सुचना तथा जनसम्र्पक शाखाबाट मिति २०८२ भदौ २६ गते मुलुकभर बिद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउदे बिदाबाट कटौती गर्ने गरी मिति २०८२ साल भदौ २९,३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठन पाठन बन्द गर्ने र नियमित पठन पाठन कार्तिक ११ गते देखि संचालन हुने व्यहोराको अत्यन्त जरुरी सूचना प्रकाशित गरिएकोमा यस आयुर्वेद क्याम्पसमा पनि अस्पताल पोष्टीङ्ग, इन्टनसिप र एम. डी. रेसिडेन्सी बाहेक उक्त सूचनामा प्रकाशित व्यहोरा बमोजिम नै बन्द भई २०८२ कार्तिक ११ गते देखि मात्र पठन पाठन हुने व्यहोरा सम्वन्धित सबैको जानकारीको सूचित गरिन्छ ।