उपरोक्त सम्बन्धमा, अन्तर्राष्ट्रिय योग दिवस तथा आयुर्वेद एक्सपो-२०२६ को अवसरमा आयुर्वेद क्याम्पस तथा ICCR, भारतीय राजदुतावास, काठमाडौँको समन्वयमा आयुर्वेद, योग, प्राकृतिक चिकित्सा तथा परम्परागत स्वास्थ्य प्रणालीको प्रवर्द्धन, औषधि तथा स्वास्थ्यसम्बन्धी उत्पादनहरुको प्रदर्शनी एवं सरोकारवालाबीच व्यावसायिक तथा शैक्षिक सहकार्य अभिवद्धि गर्ने उदेश्यले विशेष प्रदर्शनी आयोजना गर्न लगिएको हुँदा तपसिल बमोजिम मिति, समय र स्थानमा उपस्थितिका लागि यस क्याम्पस तथा शिक्षण अस्पतालका सम्पूर्ण शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई यसै सूचना मार्फत जानकारी गराइन्छ । तपसिलः
कार्यकमः अन्तर्राष्ट्रिय योग दिवस तथा आयुर्वेद एक्सपो-२०२६
स्थानः आयुर्वेद क्याम्पस, त्रि. वि. कीर्तिपुर ।
मितिः २०८३/०३/०२ (मंगलवार)
समयः योग सत्रः बिहान ९:०० बजे आयुर्वेद एक्सपोः बिहान १० बजे देखि २ बजे सम्म