सुचना
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागद्वारा मिति २०८३।०३।०७ आइतबारका दिनमा तपशिल बमोजिमको स्थान र मितिमा १२ औ अन्तराष्ट्रिय योग दिवस "स्वस्थ आयुका लागि योग (Yoga for Healthy Ageing)" को विषयमा आयुर्वेद, योग र जनस्वास्थयको महत्तव बारे वक्त्रित्वकला प्रतियोगिता राखिएको हुँदा यस क्याम्पसका ७ जना विद्यार्थीहरुलाई ७ मिनेटको कार्यपत्र तयार गरि प्रतियोगितामा सहभागि गराई दिनुहुन भनि आएकोमा उक्त वक्त्रित्वकला प्रतियोगितामा इच्छुक विद्यार्थीहरु क्याम्पस प्रशासन शाखामा सम्पर्क राख्नुहुन जानकारी गराउदछौ । साथै सो स्थानमा जान आउनको लागि यस क्याम्पसको बस उपलब्ध हुने ब्यहोरा समेत जानकारी गराउदछौ ।
तपशिल
स्थानः राष्ट्रिय आयुर्वेद पंचकर्म तथा योग सेवा केन्द्र बुढानिलकण्ठ,
मितिः २०८३ साल असार ०७ गते ।
समयः विहान ७:३० बजे