आयुर्वेद क्याम्पस बिद्यार्थी कल्याण समिति र स्व.वि.यू. को समन्वयमा आयोजना हुने खेलकुद सप्ताह २०८१ को यहि मिति २०८१ फागुन ४ गते आइतबार देखि ७ गते बुधबारसम्म आयुर्वेद क्याम्पस कम्पलेक्समा आयोजना हुने व्यहोरा जानकारी गराईन्छ। सो खेलकुद सप्ताहमा तपशिलका खेलकुदहरू समावेश हुने तथा सो खेलकुदमा सहभागी हुन इच्छुक बिद्यार्थीहरूले फागुन १ गतेसम्म आफ्नो कक्षा प्रतिनिधिलाई नाम उपलब्ध गराउन सूचित गरिन्छ ।
तपसिल
१ . क्रिकेट
२. भलिबल
३. ब्याडमिन्टन
४. टेबलटेनिस
५. टंग अफ वार
६. चेस
७. क्यारमबोड
८. ऐथलेटिक्स (१०० मी., २०० मी., लङ्ग जम्प, हाइ जम्प, शर्टपुट)
९ . फुटबल
१० . yoga poster Holding competition
पुनश्चः
१. एक ब्याचबाट अधिकतम १/१ महिला र पुरूष टीम दर्ता हुनेछ ।
२. टिम इभेन्ट बाहेक १ जनाले ३ वटा एकल खेल र ऐथलेटिक्सको हकमा २ वटा इभेन्टमा सहभागि हुन सक्ने छ ।