अपिल

अपिल

2024-03-31
IT admin

यस आयुर्वेद क्याम्पसको प्राध्यापक संघ इकाइ समितिद्वारा राखिएका विभिन्न मागहरुको सम्बन्धमा क्याम्पस प्रशासनद्धारा त्रि।वि केन्द्रिय प्रशासन संग पहल गरी रहेको व्यहोरा प्राध्यापक संघसंगको वार्तामा जानकारी गराउँदा पनि प्राध्यापक संघद्वारा क्याम्पस प्रमुखको कार्यकक्षमा मिति २०८०.१२.१३ गते तालावन्दी गरेकोले क्याम्पसको आगामी आ।व २०८१र०८२ को लागि वजेट तयार गर्ने लगायत क्याम्पसको दैनिक प्रशासनिक कार्य संचालन गर्न वाधा परि रहेको व्यहोरा सम्बन्धि सम्पूर्ण सरोकारवाला पक्षलाई जानकारी गराउँदै यस सन्दर्भमा देखा परेका समस्याहरु समाधान गर्न फेरी पनि वार्ता र छलफल उपयुक्त माध्यम हुने भएकाले आ(आफ्नो तहबाट जिम्मेवारीपूर्ण पहलकदमीका लागि यस क्याम्पसको प्राध्यापकसंघ इकाइ समिति लगायत सम्पूर्ण प्राध्यापकहरुलाई निम्न अनुसारको मिति, स्थान र समयमा उपस्थितिका लागि हार्दिक अपिल गर्दछु ।
तपसिलः
मिति स् २०८०.१२.१९
समयः दिनको ३ बजे स्थानः प्रशासनिक सभाहल आयुर्वेद क्याम्पस, कीर्तिपुर ।



Files

S.N Name Type Download
1 अपिल jpg