उपरोक्त सम्बन्धमा, प्रत्येक वर्ष दिदै आएको वर्षे बिदा (Summer Vacation) यस वर्ष २०८३ जेठ १८ गते देखि २०८३ असार ६ गते सम्म हुने भएकोले सो अवधिमा यस क्याम्पसका अस्पताल पोष्टीङ्ग, इन्टर्नसिप र एम.डी. रेसिडेन्सी बाहेकका सम्पूर्ण शैक्षिक कार्यक्रमहरु बन्द हुने व्यहोरा सम्बन्धित शिक्षक, कर्मचारी र विद्यार्थीहरुलाई यसै सूचना मार्फत जानकारी गराइन्छ ।