कार्यालय समय सम्बन्धमा

कार्यालय समय सम्बन्धमा

2026-04-10
IT admin

कार्यालय समय सम्बन्धमा ।

उपरोक्त सम्बन्धमा, त्रि.वि.कार्यकारी परिषद्को मिति २०८२/१२/२३ गतेको बैठकको निर्णयानुसार त्रि.वि.अन्तर्गतका निकायहरुमा मिति २०८२/१२/२४ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन शनिबार र आइतबार सार्वजनिक विदा दिने सूचना प्रकाशित भएकोमा त्रि.वि.अन्तर्गतका आङ्गिक क्याम्पस/कलेज र विभागहरुमा कर्मचारीहरुको कार्यालय समयको हकमा कार्तिक १६ गतेदेखि माघ १५ गतेसम्म दैनिक ७ (सात) घण्टा र माघ १६ गतेदेखि कार्तिक १५ गतेसम्म दैनिक ८ (आठ) घण्टामा नघट्ने गरी आवश्यकता अनुसार प्रातकालिन, दिवाकालिन, सन्ध्याकालिन / रात्रिकालिन समयका कार्यालय समय निर्धारण गर्ने अधिकार सम्बन्धित क्याम्पस तथा विभागहरुलाई प्रत्यायोजन गरिएअनुसार यस आयुर्वेद क्याम्पस तथा आयुर्वेद शिक्षण अस्पतालमा कार्यरत चिकित्सक शिक्षक, शिक्षक तथा कर्मचारीहरुले मिति २०८२/१२/२८ गतेदेखि लागु हुने गरी तपसिल बमोजिमको कार्यालय समयमा उपस्थित भई कार्यसम्पादन गर्नु÷गराउनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
 
तपसिलः
कर्मचारीहरुको सन्दर्भमा
समय ः बिहान ८ः३० बजेदेखि अपरान्ह ५ः३० बजेसम्म ।
चिकित्सक शिक्षक, शिक्षकहरुको सन्दर्भमा
समय ः बिहान ९ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म ।



Files

S.N Name Type Download
1 कार्यालय समय सम्बन्धमा jpg