नेपाल सरकारद्वारा सुरु गरिएको राष्ट्रव्यापी "राष्ट्रिय सरसफाइ सप्ताह कार्यक्रम अभियान " अन्तर्गत मिति २०८३ वैशाख २१ गते आयुर्वेद क्याम्पसमा यस क्याम्पसका क्याम्पस प्रमुख डा. शिव मंगल प्रसाद ज्युको उपस्थितिमा सुभारम्भ गरियो | सो अवसरमा उपस्थित सम्पूर्ण सहभागीहरुलाई क्याम्पस प्रमुख ज्युले क्याम्पस परिसरलाई सफा, स्वस्थ र व्यवस्थित बनाउन सक्रिय सहभागिताको लागि आग्रह गर्नुभयो ।
आयुर्वेद क्याम्पसले यस अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ, जसमा विद्यार्थी, शिक्षक तथा कर्मचारीहरू सबै मिलेर वातावरणमैत्री र स्वास्थ्यप्रद क्याम्पस निर्माणमा योगदान पुर्याउनेछन् ।
यो कार्यक्रम संगै क्याम्पसमा एक हप्तासम्म निरन्तर सरसफाइ गतिविधिहरू सञ्चालन हुनेछन् । यस अवसरमा क्याम्पसले “सफा क्याम्पस, स्वस्थ भविष्य” भन्ने सन्देशलाई जोड दिएको छ।